नेकपाको कमलामाई १३ र १४ नं. वडामा कमिटी गठन

SITENAME

 

पुस १७, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी नेकपाको  मङ्गलबार कमलामाई नगरपालिका वडा नंंंं. १३ र १४ मा वडा कमिटी गठन गरिएको छ । भेलाबाट वडा नं. १३ मा रोहिणी कुमार पोखरेल अध्यक्ष, खिकराज देवकोटा सचिब लगायत अन्य सदस्यमा चयन हुनु भएको छ ।
वडा नं. १४ मा तेज बहादुर खपाङ्गी अध्यक्ष, सन्तोष घिमिरे सचिव लगायत अन्य सदस्यमा चयन हुनुभएको छ । वडा एकता भेला तथा सपथ कार्यक्रमको आयोजना गरी २ वटै वडामा २९ सदस्यिय वडा कमिटीको गठन गरिएको नेकपाका विद्यार्थी  नेता उत्तम पहाडीले जानकारी दिनुभयो  ।
नेकपाको कमलामाई नगरपालिकाका अध्यक्ष चुडामणी श्रेष्ठको अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य लेखनाथ दहाल (राजन) को  प्रमुख आतिथ्यतामा कार्यक्रम गरी भेला गरिएको थियो ।
कार्यक्रममा नेकपाको ३ नं. प्रदेश सदस्य खड्ग बहादुर खत्री, डम्बर कार्की, धुब्र देवकोटा, नगर सचिब शेरबहादुर कार्की लगायतका नेता कार्र्यकर्ताको उपस्थिती रहेको थियो  ।

 

प्रतिकृया दिनुहोस
SITENAME

खट्टारमा नेकपाको टोल कमिटी गठन

सिन्धुली – कमलामाई नगरपालिका ४ सिन्धुलीको खट्टारमा शुक्रबार नेकपाको टोल कमिटी गठन गरिएको छ । निम कुमारी थिङ अध्यक्ष सुनिता स्याङ्तान सचिव रहेको १९

SITENAME

क्रान्तीकारी माओवादी बाट जग्गा कब्जाको घोषणा

सिन्धुली – क्रान्तीकारी माओवादी सिन्धुलीले दुधौली नगरपालिका वडा नं. ७ सिमराईमा रहेको झण्डै २५ विगाह जग्गा कब्जा गरेको घोषणा गरेको छ । कटारी

SITENAME

कुडुलेमा नेकपाको टोल कमिटी गठन

पुस २७, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुडुलेमा शुक्रबार टोल कमिटीको गठन गरिएको छ । भुवन बहादुर श्रेष्ठ अध्यक्ष, अम्विरा मगर सचिव रहेको