सिन्धुलीमा पनि काँग्रेसले कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनायो

RadioSiddhababa


पुस १६, सिन्धुली – ४३ औं राष्ट्रिय मेलमिलाप दिवस सिन्धुलीमा पनि सोमबार कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिती सिन्धुलीको आयोजनामा दुधौली नगरपालीका वडा नं १ को भलुवाहीमा कार्यक्रम गरी दिवस मनाईएको हो ।
कार्यक्रममा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना आदान प्रदान सँगै काँग्रेस भित्रको एकता र राष्ट्रलाई अगाडी बढाउने सन्र्दभमा छलफल गरिएको थियो । दिवसका अवसरमा आयोजित कार्यक्रमको सम्वोधन गदैँ नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद पुष्पा भुषालले  समाजमा दिनहुँ दिन बढ्दै गएको  हिंसा, बलत्कार, भष्ट्रचार,अनियमितता, युवाहरु विदेश पलायन हुने लगातका समस्याहरु समाधान गर्न अहिलेको सरकार असफल भएको बताउनु भयो । सबै एक भएर समृद्ध देश निर्माणमा लाग्न आग्रह गदैँ उहाँले हिंसा, बलत्कार, भष्ट्रचार जस्ता समस्याहरु बढ्दै जानु सरकारको असफलता भएको बताउनुभयो । उहाँले सरकारलाई खवरदारी गर्न काँग्रेस चुक्न नहुने धाराणा राख्नुभयो ।
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला सहितका नेताहरु आठ वर्षे निर्वा्िसत जीवन बिताएर यसै दिन स्वदेश फर्कनु भएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वा्िचत प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपी सहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी