गोलञ्जोरमा टे«ड युनियन काँग्रेसको सर्वसम्मत नेतृत्व चयन

RadioSiddhababa


पुस ७, सिन्धुली – नेपाल टे«ड युनियन काँग्रेसको गोलाञ्जोर गाउँपालिका स्तरिय प्रथम अधिवेशनले शनिबार सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशनले नवराज थापाको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
 समितिमा रामकुमार श्रेष्ठ उपाध्यक्ष, सन्तोष श्रेष्ठ सचिव, तिलक श्रेष्ठ सहसचिव, हिरा नेपाली कोषध्यक्ष रहनुृ भएको छ । यस्तै सदस्यमा भुवन हायु, रुद्र बहादुर थापामगर, पुर्ण बहादुर सुनुवार, प्रकाश देवकोटा मन्दिरा बस्नेत, इन्द्र बहादुर दर्लामी मगर, मोहन तामाङ, र पवित्रा श्रेष्ठ रहनुभएको छ ।
नेपाल टे«ड युनियन कांग्रेसका नेता तथा शिक्षक संघ सिन्धुलीका  अध्यक्ष अरुण थिङको अध्यक्षता तथा टे«ड युनियन कांग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरि अधिकारीको प्रमुख आतिथ्यातामा एक कार्यक्रम गरि अधिवेशन गरिएको हो ।
कार्यक्रममा कांग्रेस सिन्धुलीका सचिव कृष्ण प्रसाद दाहाल, शिक्षक महासंघका जिल्ला सह अध्यक्ष रमेश प्रसाद देवकोटा, शिक्षक युनियनका पुर्व अध्यक्ष लेख बहादुर बस्नेत, प्रेस युनियन सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, गोलाञ्जोर गाउँपालिका ३ का वडा अध्यक्ष पुष्कर बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी