अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस सिन्धुलीमा पनि मनाइयो

RadioSiddhababa


पुस ३, सिन्धुली –  अन्तराष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ मङ्गलबार सिन्धुलीमा पनि मनाईएको छ ।  श्रमको सम्मान, राष्ट्रिय अभियान, सिपयुक्त जनशक्ति र स्वरोजगार आर्थिक समृद्धिको मुख्य नाराका साथ दिवस मनाईएको हो ।
दिवसको अवसरमा आत्मा सम्मान सहितको आप्रवासनका लागी सरोकारवालाहरुको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम भएको हो । वैदेशिक रोजगारका लागी सुरक्षित आप्रवासन सामी परियोजना सुचना तथा परार्मश केन्द्र कमलामाई नगरपालीका सिन्धुलीको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।
कमलामाई नगरपालीकाका नगरप्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख शंकर वर्मा तिवारीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा निर्वाचित जनप्रतिनिधी, नागरिक समाज, संचारकर्मी लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता हटाउन सबै प्रतिबद्ध हुनु पर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथी तथा समन्वय समितीका प्रमुख शंकर वर्मा तिवारीले सिन्धुलीमा रोजगारीका अवसर सृजना गरेर जिल्लामा नै गरिखाने वातावरण तयार गर्न सरोकारवाला निकाय क्रियाशिल भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले नेपालको सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्य १३ औँ स्थानमा रहेको सिन्धुलीको विदेशिने दरको न्युनिकरणका लागी पहल गर्ने प्रतिवद्ध समेत गर्नु भयो ।
सहायक प्रमुख जिल्ला अधिकृत विजया प्रसाईले स्थानीय रुपमानै विभिन्न रोजगारीका सिर्जना गरेर वैदेशिक रोजगारीका लागी विदेशिनेहरुको संख्या घटाउन स्थानीय सरकार स्वंयम जिम्मेवार हुनु पर्ने बताउनु भयो । उहाँले स्थानीय सरकार लगाएत सम्पुर्ण सरोकारवाला निकाय केन्द्रित हुन आग्रह गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ३ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर

RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य

RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट