सुनकोशी गाउँपालीकाले पाठेघरको समस्या भएका ४० महिलाको शल्यक्रिया गरिदिने

RadioSiddhababa


पुस ३, सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालीकाले पाठेघरमा समस्या भएका ४० महिलालाई निशुल्क शल्यक्रिया गरिदिने भएको छ । गत आर्थिक बर्ष ०७४÷७५ मा गाउँपालीकाले संचालन गरेको शिवीरबाट छनोट भएका ४० महिलाको निशुल्क शल्यक्रिया सुनकोशी गाउँपालीकाले गरिदिने भएको हो ।
यहि कार्यक्रम अन्र्तगत मङ्गलबार पहिलो चरणमा ३ जना महिलाको  जिल्ला अस्पताल सिन्धुलीमा शल्यक्रिया गरिसकिएको र एक जनाको महिलाको उच्च रक्तचाप भएकाले रिङ्ग मात्र राखिएको सुनकोशी गाउँपालीकाका स्वास्थ्य संयोजक ओम प्रकाश झाले जानकारी दिनुभयो । शल्यक्रिया हुनेमा सुनकोसी गाउँपालीका वडा नं १ भज्याङ्ग टोलका ललिता कुमारी कोईराला, पानीपोखरी टोलका मैना बराईली र मसिना सार्कि रहेका छन्  । गाउँपालीका वडा नं १ दारीमटोल का सावित्री तामाङको भने प्रेषर हाई देखिएकाले रिडं मात्र लगाईयको स्वास्थ्य संयोजक झा ले जानकारी दिनुभयो ।
उहाँले पाठेघरमा समस्या भएका ४ जना महिलाको अप्रेशन गरिसकिएको र गर्न बाँकी रहेका ३६ जना महिलाको पनि क्रमश गदैँ जाने बताउनु भयो ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग