सिन्धुलीमाडीमा कमलामाई नगर स्तरीय किशोरी भलिवल प्रतियोगिता हुने

RadioSiddhababa


पुस ३, सिन्धुली – कमलामाई नगरपालिकामा हाल सम्मको सबै भन्दा ठूलो पुरस्कार राशी भएको महिला(किशोरी) भलिवल प्रतियोगिता हुने भएको छ । कमलामई नगरपालिका स्तरीय महिला(किशोरी) भलिबल प्रतियोगिता हाल सम्म भएको प्रतियोगिता मध्यको सबै भन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता हुन लागेको आयोजकले जनाएको  छ ।
कमलामाई नगरपालिका सिन्धुली, जिल्ला खेलकुद विकास समिति सिन्धुली र परिवर्तन जागरण क्लवको संयुक्त आयोजनामा सिन्धुलीमा पुस ५ र ६ गते सञ्चालन हुने नगर स्तरीय किशोरी भलिवल प्रतियोगितामा प्रथम पुरस्कार नगद २५ हजार सहित सिल्ड मेडल र प्रमाण पत्र रहेको परिवर्तन जागरण क्लवले जनाएको छ । प्रतियोगितामा दोश्रो पुरस्कार नगद १५ हजार सहित सिल्ड मेडल र प्रमाण पत्र र तेश्रो हुनेलाई नगद ७ हजार ५ सय सहित सिल्ड मेडल र प्रमाण पत्र रहेको आयोजक परिवर्तन जागरण क्लवका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतियोगितामा भाग लिन चाहाने समुहले पुस ४ गते सम्म नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ । नाम दर्ता शुल्क नलाग्ने अध्यक्ष श्रेष्ठले वताउनुभयो । प्रतियोगितामा नगरपालिका भित्रका विद्यालय तथा विभिन्न क्लव तथा समुहबाट २० ओटा टिम सहभागि हुने सम्भावना रहेको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालित बालबालिका तथा किशोरी अधिकार प्रवद्र्धन तथा सामुदायिक खानेपानी योजना अन्तरगत किशोरी भलिवल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई

  सिन्धुली, बैशाख ४, २०८१ मंगलबार । कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका

RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

  सिन्धुली, चैत १०, २०८० शनिबार  सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति