सिन्धुलीमा स्थानिय तहका कर्मचारीको आन्दोलनले सेवा प्रभावित

RadioSiddhababa


पुस २, सिन्धुली – सिन्धुलीका स्थानिय तहका कर्मचारीले सोमबार सेवा दिन छाडेर आन्दोलन गर्दा सेवा प्रभावित भएको छ । स्थानिय तह ट्रेड युनियन सयुक्त आन्दोलन परिचालन समितिले आफ्ना माग सम्बोधन गर्न दवाव दिन भन्दै आन्दोलन  गर्दा सेवाग्राहीको सेवा प्रभावित भएको हो ।
 स्थानिय तहमा अविछिन्न रुपमा कार्यरत कर्मचारी सर्बोच्च अदालतको २०७४ पौष २१ गतेको फैसल्ला आदेशको कार्यन्वयन व्यवस्था गर्नु पर्ने माग पुरा हुनु पर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् । कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा १५ मा व्यवस्था हुनुपर्ने साथै स्थानिय सरकार सञ्चालनको ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानिय निकायका कर्मचारीहरुको स्यायित्वका साथै सेवा निरन्तरताको व्यवस्था सोही अध्यादेशमा गर्नुपर्ने लगायत चार ओटा माग राखेर कर्मचारीले आन्दोलन गरेका छन् ।
स्थानिय कर्मचारी संघका केन्द्रिय सदस्य विष्णु भण्डारीले काम पुरै ठप्प पारेर आन्दोलन गरेको बताउनुभएको छ  । भण्डारीका अनुसार मङ्गलबार विहान १० बजे देखि १२ बजे सम्म सबै स्थानिय तहका कार्यालयहरुमा कालोपट्टी बाधेर कलम बन्द गर्ने, पुस ४ गते १० बजे देखि २ बजे सम्म कालोपट्टी बाधेर कलम बन्द गर्ने, यस्तै पुस  ५ गते देखि ९ गते सम्म सबै स्थानिय तहमा कालोपट्टी बाधेर कलम बन्द गर्ने र १० गते काठमाण्डौको सभा गृहमा भेला भई विरोध गर्ने कार्यक्रम रहेको छ ।
जिल्लाभरका स्थानिय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि उनिहरुले दिने सेवाबाट सेवाग्राही भने मर्कामा परेका छन् । सिन्धुलीमा दुई नगरपालिका र सात गाँउपालिका रहेको स्थानिय तहमा झन्डै दुई सय पचास स्थानिय तहका कर्मचारी रहेको स्थानिय तह कर्मचारी संघले जनाएको छ । यता जनताको करबाट तलब खाएर सेवा दिन छाडेर आन्दोलन गर्नु गैर जिम्मेवारी हुने सेवाग्राहीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर