सिन्धुलीमा सडकमा नै दिन रात बिताउने सडक मानव बढ्दै

RadioSiddhababa


राधिका बुढाथोकी,मंसिर २९, सिन्धुली – सिन्धुलीमा सहारा विहीन भई सडमा नै दिन रात बिताउने सडक मानवहरु धेरै देखिन थालेका छन् । सडकमा जिवन विताउने मनोरोगी, असक्त, आफन्त विहीन, परिवारबाट हेलित भएका मानवहरुको संख्या बढ्न थालेको हो  ।
सडक मानवहरुको  संख्या यति नै हो भन्ने तथ्याङ्क कुनै निकायमा  नभएता पनि पहिलेको तुलनामा सडक मानवहरुको संख्या बढ्दै गएको  स्थानीयहरुले बताएका छन् । कमलामाई नगरपालीका अर्थात सिन्धुलीमाडीमा बजार क्षेत्रमा ४ जना सडक मानवहरु अव्यवस्थित रुपमा बस्दै आएका छन् । जस्मध्य ३ जना महिला शारिरीक हिंसामा पनि पदैँ आएको स्थानीयको भनाई छ ।  यसरी अव्यवस्थित रुपमा रुपमा एक छाक खान र एक सरो लगाउन नपाएर, विरामी हुँदा उपचार नपाएर सडकमा निरिह जिवन विताई रहेको सडक मानवहरु जिल्लामा धेरै छन् । तर सडक मानव व्यवस्थापनका लागी स्थानीय सरकारले कुनै पहल नगरेकोमा नागरिकहरु गुनासो छ ।
संविधानको अनुसुचि ८ धारा २२६ मा अनुसार यस तर्फ पनि स्थानिय सरकरको ध्यान हुनुपर्दछ । कोही पनि मानवहरु सडकको पेटीमा भोक्कै र नाङ्गै बस्नु नपर्ने स्थितिको निर्माण गर्नु सरकारको दायित्व भए पनि सिन्धुलीका  २ नगरपालीका र ७ गाउँपालीकाको ध्यान पुग्न सकेको छैन् । यस विषयमा रेडियो शिद्धबाबा सँग कुरा गर्दै कमलामाई नगरपालीका प्रमुख खड्ग बहादुर खत्रिले मानव व्यवस्थापनका लागी योजना बनाएर काम गर्न आवश्यक रहेको धारणा राख्नु भएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर