सिन्धुली कप भलिबल प्रतियोगिताको उपाधि ब्लु अल्पाईनलाई

RadioSiddhababa


पर्वत राई, मंसिर १८, सिन्धुली – सिन्धुलीमाडीमा आयोजना गरिएको जिल्ला स्तरिय सिन्धुली कप खुला भलिबल प्रतियोगिताको उपाधि  ब्लु अल्पाईन युवा क्लब सिन्धुली ले हात पारेको छ । ब्लु अल्पाईनले फाइनल खेलमा बर्दबहादुर गणलाई २५÷२०, २५÷१५, २५÷१३ को सोझो अन्तरले पराजित गरेको हो ।
फाईनल खेलको म्यान अफ दि म्याच ब्लु अल्पाईनका हरि पाण्डे घोषित भए । उनले म्यान अफ दि म्याचको ट्रफि हात पारे । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल बेष्ट अफ फाईभको आधारमा खेलाईएको थियो । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ले नगद ४० हजार रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्लु अल्पाईनका योगेश गरुङ घोषित भए भने प्रतियोगिताको बेष्ट स्पाईकर फिक्कल गाउँपालिकाका समित श्रेष्ठ, बेष्ट सटर ब्लु अल्पाईनका सुजन दोखाल र बेष्ट ब्लकरमा बर्दबहादुरका सुरेश खड्का घोषित भए । बिजेताहरुलाई ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस अघि बिहानको पहिलो सेमीफाईनल खेलमा ब्लुअल्पाईनले न्यु सिद्धस्थलीलाई २५
÷१९, २५÷१६, २५÷११ को सोझो अन्तरले पराजित गर्र्दै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै दोश्रो सेमीफाईनल खेलमा फिक्कल गाउँपालिका लाई २५÷१७,२५÷१९,२५÷२२ को सोझो अन्तरले हराउदै बर्दबहादुर गण, प्रतियोगिताको फाईनल मा प्रवेश गरेको थियो । पसिना र पौरख हाम्रै सिन्धुलीमा सिन्धुलीको पहिचान हाम्रै हातमा भन्ने मुल नारा सहित मंसिर १५ गते बाट प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा विजयीलाई सिन्धुली युवा ब्यबसायी क्लबका अध्यक्ष संजिब सुन्दासको अध्यक्षता तथा  कमलामाई नगरपालिकाका प्रमुख खडग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी पुरस्कार बितरण गरिएको थियो ।  कार्यक्रममा  नगर प्रमुख खत्रीले आगामी दिनमा पनि सिन्धुली युवा ब्यबसायी  क्लब सँग सहकार्य गर्दै जाने र  यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिन नगरपालिकाले बजेट एवंम विबिध कार्यक्रम ल्याई खेल क्षेत्रको बिकास गर्दै जाने बताउनुभयो । कार्यक्रममा बर्द बहादुर गणका गणपति राजिब थापा, जिल्ला समन्वय समितिका सदस्य चित्र बुढाथोकी, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ , ६ नं वडाका अध्यक्ष उज्वल थापा, १० नं वडाका अध्यक्ष कैलाश ढुङगेल ९ नं वडाका अध्यक्ष देवराज पौडेल लगायत जिल्लाका पत्रकार एवंम सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई

  सिन्धुली, बैशाख ४, २०८१ मंगलबार । कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका

RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

  सिन्धुली, चैत १०, २०८० शनिबार  सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति