अन्तिम क्वाटर फाईनल खेलमा फिक्कलको संघर्षपुर्ण जित

RadioSiddhababa


पर्वत राई, मंसिर १७, सिन्धुली – सिन्धुलीमाडीमा जारी जिल्ला स्तरिय सिन्धुली कप खुला भलिबल प्रतियोगिता अन्र्तगत सोमबारको अन्तिम क्वाटर फाईनल खेलमा फिक्कल गाउँपालिकाले संघर्षपुर्ण जित हातपारेको छ ।
 सोमबार दिउसो सम्पन्न फिक्कल गाउँपालिका र स्विस स्कुल सिन्धुली बिचको खेल प्रतिस्प्रधात्मक भएको हो । खेलको पहिलो सेटमा फिक्कल गाउपालिका २५र२२ विजयी भएको थियो भने खेलको दोस्रो सेटमा स्विस स्कुल २५र२१ ले विजयी भएको थियो ।  खेलको तेस्रो सेट २५र२३ ले आफनो पक्षमा पार्दै फिक्कल विजयी भएको हो । फिक्कलका समित श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले म्यान अफ द म्याच को ट्फी हातपारेका छन् । जित सँगै फिक्कल प्रतियोगिताको  सेमीफाईनल मा प्रवेश गरेको छ ।
 यस अघि सोमबार बिहान सम्पन्न क्वाटर फाईन चरणको अर्को खेलमा बर्दबहादुर गणले न्यु बिहानी युवा क्लब मरिण लाई २५र११, २५र१५ को सोझो अन्तरले पराजित गरेको थियो ।
प्रतिायोगिताको पहिलो सेमीफाईन खेल मङ्गलबार बिहान ७ बज न्यु सिद्धस्थली र ब्लु अल्पाईन बीच हुनेछ । यस्तै मङ्गलबार  बिहान ९ बजे दोस्रो खेलमा बर्दबहादुर गण र फिक्कल गाउँपालिका बिच प्रतिस्प्रधा हुनेछ । प्रतियोगिताको फाईनल खेल पनि मङ्गलबार नै दिउसो १ बजे हुने आयोजक युवा व्यवसायी क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद ४० हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  प्रतियोगितााको  म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज लाई ट्रफी सहित सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई

  सिन्धुली, बैशाख ४, २०८१ मंगलबार । कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका

RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

  सिन्धुली, चैत १०, २०८० शनिबार  सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति