सिन्धुली कप भलिबल प्रतियोगितामा तीन खेल सम्पन्न

RadioSiddhababa


मंसिर १५, सिन्धुली – सिन्धुलीमाडीमा शुरु भएको सिन्धुली कप भलिबल प्रतियोगितामा शनिवार  तीन वटा प्रतियोगिता भएकाछन् । 
प्रतियोगिताको पहिलो खेलमा स्वीस स्कुल विजयी भएको छ । उक्त खेलको म्यान अफ द म्याच स्वीस कै सरोज हायु भएका छन्  । फिक्कल गाँउपालिका र मरिणको बिहानी युवा क्लब बीच भएको दोश्रो खेलमा फिक्कल विजयी भयो ।  यस खेलको म्यान अफ द म्याच सनिप श्रेष्ठ भए । ब्लु अल्पाईन  क्लब र प्रगतीशिल युवा क्लब दोभान ए बीच भएको तेश्रो खेलमा ब्लु अल्पाईन क्लब विजयी भएको छ । यस खेलको म्यान अफ द म्याच महन्द्र चौधरी भए । 
प्रतियोगिताको शनिवार कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रिले उद्घाटन गर्नु भएको हो । नगर प्रमुख खत्रिले प्रतियागिताको उद्घाटन गर्दै जिल्लाकै उत्कृष्ट राशि सहितको भलिबल प्रतियोगिताका आयोजक यूवा व्यवसायी क्लब सिन्धुलीलाई धन्यवाद दिनुभयो ।
प्रतियोगिताको पहिलो पुरस्कार नगद एक लाख रुपैँया रहेको छ । त्यसैगरी दोश्रो पुरस्कार नगद चालिस हजार रहेको आयोजकले बताएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडि, अनुशासित टिम र म्यान अफ दि म्याचका लागि पनि पुरस्कार राखिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई

  सिन्धुली, बैशाख ४, २०८१ मंगलबार । कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका

RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

  सिन्धुली, चैत १०, २०८० शनिबार  सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति