कमलामाई नगर क्षेत्रमा ५० प्रतिशत अनुदानमा गहुँको विउ वितरण गरिदै

SITENAME


मंसिर १०, सिन्धुली – कमलामाई नगरपालीका कृषि शाखा सिन्धुलीले नगर भित्रका किसानलार्ई ५० प्रतिशत अनुदानमा गहुँको विउ वितरण गरिरहेको छ । आर्थिक बर्ष २०७५।७६ को लागी कमलामाई नगर क्षेत्रका किसानका लागि गहुँको विउ वितरण गरिएको हो ।

परम्परागत जातका गहुँको विउलाई विस्तापित गदैँ नगर क्षेत्रको हावा, पानी, वातावरणलाई सुहाउदो खालको गहुँको विउ वितरण गरिएको नगरपालीकाको कृषी शाखाले जनाएको छ ।  बजारमा गहुँको विउ किन्दा महँगो पर्ने तथा गुणस्तरियता पनि नहुने भएकाले अनुदानमा नै गहुँको विउ वितरण गरेको कृषि शाखा सिन्धुलीका प्राविधिक देवि प्रसाद सापकोटाले बताउनु भयो ।

गहुँ उत्पादनलाई बृद्धि गरी किसानलाई आत्मा निर्भर बनाउने लक्ष्य नगरपालीकाको रहेको बताईएको छ । किसानलाई समयमा नै विधि पुर्याएर गहँु छर्न पनि कमलामाई नगरपालीका अन्र्तगत रहेको कृषि शाखा सिन्धुलीले अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

आयआर्जन वृद्धि गर्न कमलामाई ११ मा पशुपालन तथा व्यवस्थापन तालिम

पुस २, सिन्धुली – पशुपालन तथा व्यवस्थापन सम्बन्धिको सात दिने तालिम कमलामाई नगरपालीका वडा नं ११ मा सञ्चालन गरिएको छ । महिला उद्यमी महासंघ नेपालको

SITENAME

सिन्धुलीमाडीमा हुने प्रादेशिक महोत्सवमा १५ लाख नाफा निकाल्ने लक्ष्य, सिन्धुली महोत्सव २०७३ को नाफा लोकतान्त्रिक चौरको संरचना निर्माणमा खर्च गरिने

मंसिर २७, सिन्धुली – सिन्धुलीमाडीमा आगामी पुष १३ गते देखि २२ गत सम्म सञ्चालन गर्न लागिएको ३ नं प्रदेश स्तरिय प्रादेशिक महोत्सव २०७५ का बारेमा बुधबार

SITENAME

सिटिजन लाईफ इन्सोरेन्स बाट बिमितको परिवारलाई बिमाङ्क रकम प्रदान

मंसिर १६, सिन्धुली – सिटिजन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड सिन्धुलीले आईतबार एक बिमितको परिवारलाई बिमाङ्क रकम प्रदान गरेको छ । कम्पनीले एक