सँस्कार छोरीलाई मात्र हैन छोरालाई पनि सिकाउ

RadioSiddhababa

b]lasf du/

 

सधै जसो त्यो दिन पनि अफिसबाट घर फर्कने बेलामा झमक्क साँझ प¥यो । केहि उचाईमा रहेको हाम्रो अफिस घर जानको लागि ओरालो भएर जानु पथ्र्याे । मिलन्चोक –एउटा बाटो  झोलुङ्गे पुल तरेर कास बारी हुदै जानु पर्ने अनि अर्काे बाटो थियो ,मेन रोडको । मेन रोड बाट जादा पनि चोक पुग्नु अघि पुल तर्नुपर्ने थियो । समयको हिसाबले झोलुङ्गे पुलबाट जान थोरै समय लाग्थ्यो ।
एकान्त ठाउँमा पुल,त्यही ठाउँमा दिन दिनै थरि थरिका केटाहरुको समुह,अर्काे बाटो त्यहाँ पनि साझको बेला त्यस्तै केटाहरुको समुह बस्ने ,त्यतिमात्र भए त ठिकै हो तर मुखमा आउन्जेल सम्मको नराम्रो शब्द  बाल्ने ,त्यसमाथि पनि एउटी केटिको अगाडि । अफिस जान खासै समस्या नहुने तर जब घर फर्कने बेला हुन्थ्यो मनमा रात भन्ने कुरा पर्दै नपरोस भन्ने लाग्थ्यो किनकी त्यो बाटोमा हिड्न एकदम असहज हुन्थ्यो । यसरि धेरै दिन बितेँ । मलाई दिनमा पनि कामले भन्दा त्यहि दृष्यहरुले सताउन थाल्यो । मनमा अनेकौ कुराहरु खेल्थे । राती अबेर सम्म निन्द्रा पर्दैनथ्यो । सम्झिन्थे बाटाको कुराहरु ,उनिहरुले जिस्काएको कुरा सम्झन्थे अनि आफ्नो दाजु भाईको सम्झना बेस्सरी आउथ्यो,राती रोएर बस्थे रोएर थाके पछि बल्ल  निन्द्रा लाग्थ्यो  । सधै भरिको उस्तै क्षण दिक्क लाग्थ्योे ।
सोह्र दिने महिला हिंसा बिरुद्धको अभियान चल्न सुरु भैसकेको थियो । आईतबारको दिन सधै जस्तो झोला भिरेर अफिस हिडेँ । दिन भरि साथिहरुको साथ काम गर्न पनि रमाईलो लाग्ने,सुरक्षाको हिसाबले पनि राम्रो थियो अफिस , तर एउटै चिन्ता मनमा सधै घर कसरि फर्कने होला । घर फर्कने बेलामा माथिबाट पुल देखिन्थ्यो,पुलमा मान्छे बसेको छ कि छैन भनेर घाँटी तन्काएर हेर्थे, त्यो मेरो दैनिकि जस्तै भैसकेको थियो  । मान्छे छैन भने ओरालो कुदेर झर्थे र हतार हतार दौडिन्थे । यसरि धेरै दिन हिडे तर त्यस ठाउँमा अहँ फरक फरक मान्छे को समुह बस्न कहिले पनि  छाडेन  । कहिले कुनै बुढो मान्छेको साहारा लिएर पुल पारी पुग्थे त कहिले कोहि साथि छ कि भनेर पछाडि र अगाडि हेर्दै कुद्थे ।
शनिबारको दिन थियो घर फर्किदै थिएँ अरु दिन झै त्यो दिन पनि पुल तिर हेरे कोहि पनि देखिन । केहि बुढो मान्छे र केहि अधबैशे आईमाईहरु पुल तर्दै गरेको देखे र कुदे म पनि । साझँ पर्नै लागि सकेको थियो । हतार हतार ओरालो झरे,जब पुलनिर पुग्नै के लागेथे, म भन्दा अगाडि ३ जना ठिटाहरु पुलको टाउकोमा अडिएर बस्यो । मलाई साह्रै अप्ठेरो लाग्यो, पछाडि फर्किर हेरे २ जना केटाहरु आउदै थियो । कपाल अगाडि लामो पछाडि छोटो कपालमा रातो हरियो र गोल्डेन कलर लगाएको , रफ पाईन्ट अनि मुखमा मास्क लगाएको देख्दै डर लाग्ने मान्छेहरु पछाडिबाट अप्रत्यक्ष रुपमा जिस्काउदै थिए । वास्तै नगरि अगाडि बढिरहे । पाईला छिठो छिटो चाले ,मुटुको चाल पनि डरले उस्तै बढिरहेको थियो । पुलको बिच भागमा मात्रै के पुगेको थिए पुल बेस्सरी हल्लियो । यत्तिकैमा म अझल्टिएर लड्न पुगेछु । पछाडिबाट हासोको फोहोरा छुट्यो ।पर्किएर हेरे तिनै मास्क वाला केटाहरु रहेछ । मलाई झनक्क रिस उठ्यो तर केहि पनि नभनि जुरुक्क उठे र सरासर हिडेँ । मनमा अनेकौ कुराहरु खेल्न थाल्यो एउटी केटीको अगाडि उनिहरु किन यस्तो ब्यबहार देखाउछन् ?उनिहरुलाई यो किन लाग्दैन कि मेरो घरमा पनि दिदीबहिनी छ उनिहरुलाई पनि कुनै अपरिचित केटाहरुले जिस्काउदा के लाग्छ होला ?फेरि यस्को मतलब सबै केटाहरु त्यस्ता हुन्छन् भन्ने पनि  हैन तर जो हुन्छन् उनिहरुको बहिनीहरुलाई जिस्काउदा कसरि प्रस्तुत हुन्छन् होला उनिहरु । दिमाग फनफनी घुम्न  थाल्यो तर केहि भन्न सकिन ।
जादै थिए फेरि चोक निस्कनु भन्दा अलि वर उस्तै जक्सन थियो काठको पुल ।त्यो पुल माथि र मुनि केटाहरु चुरोट पिउदै धुवा उडाउदै गरेको कैयौ पटक देख्थे ,हैरान लाग्थ्यो ।त्यहि दिन झोलुङ्गे पुलमा जिस्काउनु र फेरि यता पनि उसै गरि ३÷४ जनाको केटाहरुको समुहले जिस्काउनु मलाई सहि सक्नु भएन मुख लाग्न पनि बेकार थियो । रिसको पारो  यति चढेको थियो की लाग्थ्यो त्यतिबेला ती मान्छेहरुलाई चक्कुले हानेर सबलाई मारिदिउ तर तिनीहरुको ग्याङको अगाडि मेरो केहि जोर लाग्दैन थियो ।
अर्काे दिन बाटो चेन्ज गरे । त्यहा पनि पुल नै थियो, त्यहाँ पनि उस्तै केटाहरुको ग्याङ । मुखमा आए सम्मको शब्द प्रयोग गर्नु उनिहरुको लागि ठुलो सफलता हासिल गर्नु सरह थियो । कोहिलाई  कसैको प्रवाह थिएन, मैले नराम्रो शब्द बोल्नुहुन्न भन्ने पनि उनिहरुको मनमा थिएन , आखिर यो सब किन हुन्छ ? र किन गर्छन् ? घरमा छोरी मान्छेलाई सँस्कार सिकाउने हाम्रो समाज  छोरालाई चाहि राम्रो र सँस्कारी हुनुपर्छ भनेर किन सिकाउदैनन् ? छोरी कोहि संग हासे बोले भने धेरै उत्ताउलि नबन ईज्जत जान्छ  भन्ने मेरो समाज छोराले बाटोमा बसेर गाजाँ तान्ने अनि हिड्नै अप्ठेरो हुने गरि नराम्रो शब्द बोल्दा, बलात्कार जस्तो अपराध गर्दा छोरा तिमीले इज्जत जाने काम गर्नुहुदैन,अपराध गर्नुहुदैन भनेर किन सिकाउदैनन्, सजाय दिलाउनुको सट्टा ढाक छोप किन गर्छन् ?सधै भरिको यस्तो डरै डरको बाटोमा कहिले सम्म  हिड्न सकिएला , अनि खै त महिला अधिकार,खै त  स्वतन्त्रता?जहाँ पनि डरै डरमा बाच्नु पर्ने हामी महिला कहिले आउछ स्वतन्त्र भएर बिना डर हिड्ने दिन ? छोरी कस्तो बाटोमा हिड्दैछ भनेर चियोचर्चा गर्ने हाम्रो समाज, छोरा कस्तो बाटोमा हिड्दैछ भनेर खै त हेरेको ? प्रबिधिको बढ्दो प्रयोग पारिवारिक सम्बन्धको बढ्दो दुरी ,बेरोजगार ,साथिसंगत छोरीको मात्र बुझ्ने समाज, खै त छोराको पनि बुझेको ? छोरीलार्ई सस्कारी हुनुपर्छ भन्ने मेरो समाज खै त छोरालाई पनि सँस्कार सिकाउन सकेको ?
 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाबुको मुख हेर्ने दिन 

  देबिका मगर, सिन्धुली माता तिर्थ औशीको दिन फुपुहरु आमाको मुख हेर्न भनेर आउनु हुन्थ्यो । झोलामा अनेक सामानहरु लिएर आउनुहुन्थ्यो  । मिठा मिठा खाने

RadioSiddhababa

‘सरकार छ,न्याय छैनन्’–किशोरी स्वस्तिका

सिन्धुली –मेरो अधिकार छ । तर कहाँ छ ? म एउटा छोरी मान्छे,म किन सुरक्षित छैन् ? म कुन ठाउँमा सुरक्षित छु भन्ने मलाई थाहा छैनन् । हजारौं सपना छन् । तर मेलै

RadioSiddhababa

बालिका हिंसा न्युनिकरणको लागि जुटौँ

 सिन्धुली–अक्टुबर ११ तारिख बालिका दिवस, यस बर्षको नारा मेरो आवाज हाम्रो समान भबिष्य भन्ने रहेको थियो ।  समय र प्राविधिको परिवर्तन संगै बर्तमान