सिन्धुलीमा पनि काँग्रेसको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

RadioSiddhababa


कात्तिक १६, सिन्धुली– नेपाली कांग्रेस सिन्धुलीले पनि शुक्रबार नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदन – प्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको चाड दशैं, तिहार, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा केन्द्रिय कार्य समितिको निर्णय अनुसार शुभकामना आदन – प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।
चियापानमा कार्यक्रममा ३ नं. प्रदेश सभाका सदस्य लेखनाथ दाहाल (राजन), जिल्ला समन्वय समितिका सिन्धुलीका प्रमुख शंकर राज वर्मा, कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री लगायत जिल्लाका जनप्रतिनिधी, जिल्लाका अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, नेपाली काँग्रेसका जिल्ला नेता तथा कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा काँग्रेस जिल्ला सभापति उज्ज्वल प्रसाद बरालले जिल्लाको विकासका लागि दल र चुनावी स्वार्थ भन्दा पनि जिल्ला र जनताको आवश्यकता अनुसार दलहरू बीच सहमति र सहकार्य हुनु आवश्यक रहेको बताउनुभयो ।
 २०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । हरेक वर्ष विजया दशमीको कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३ औँ दिन नपुगेका कारण शुक्रबार गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी