सिन्धुलीमा पनि काँग्रेसको शुभकामना आदन – प्रदान तथा चियापान कार्यक्रम हुदै

RadioSiddhababa


कात्तिक १६, सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले पनि शुक्रबार विजया दशमी, दिपावली, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
 चियापान कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वलाई निमन्त्रण गरेको काँग्रेस सिन्धुलीका सचिव कृष्ण प्रसाद दहालले जानकारी दिनुभयो । केन्द्रिय कार्य समितिको निर्णय अनुसार पार्टी कार्यालयमा शुभकामना आदन – प्रदान तथा  चियापान कार्यक्रम आयोजना गरिएको हो । सिन्धुलीमा दिउसो  १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको  छ । 
२०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । 
हरेक वर्ष विजया दशमीको कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३ औँ दिन नपुगेका कारण शुक्रबारलाई सारिएको हो । नेता बास्तोलाका गएको असोज २७ गते निधन भएको थियो । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी