सिन्धुली सहित देशभरका किशोरी सामुदायिक रेडियोमा बहस गर्दै

SITENAME


असोज २५, सिन्धुली – सिन्धुली सहितका सामुदायिक रेडियो बाट बिहिबार ९०० बालिकाले एकै साथ कार्यक्रम संचालन गर्दैछन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आयोजना गरिएको टेक ओभर कार्यक्रम मार्फत किशोरीहरुले रेडियोमा सरोकारवालाहरुसँग बहस कार्यक्रम संचालन गर्दैछन् ।
 सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ सार्तौं अन्तर्राष्ट्रिय बालिका दिवस मनाईंएदै छ । किशोरी बिहिबार एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिने यो दोश्रो कार्यक्रम हो ।
 यसअघि रेडियोमा काम नगरेका बालिकाहरुले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चलाउदैछन् । कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहेको छ । यस अवसरमा रेडियो शिद्धबाबा ९८.४ मेगाहर्जले  बिहान ९ः २० बजे देखि ९ ः ५० बजे सम्म प्रशारण हुने गाँउ बेशी कार्यक्रममा विशेष कार्यक्रम प्रशारण गर्दै छ  । 
 

प्रतिकृया दिनुहोस
SITENAME

सिन्धुली सहित देशभर ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

कात्तिक ११, सिन्धुली – सिन्धुली सहित देशभर आईतबार बाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका

SITENAME

बिपी राजमार्ग निर्माणका लागि जापन बाट १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग 

कात्तिक ८, काठमाण्डौ – जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता

SITENAME

ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना सार्वजनिक

  कात्तिक ८, काठमाण्डैं – ऐतिहासिक महत्वको सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुननिर्माण गुरुयोजना सार्वजनिक भएको छ । गैह् आवासीय नेपाली संघ र