केन्दीय तथा प्रदेश सरकारसँग मेरो माग सिन्धुलीगढीलाई व्यवस्थापन गर्नुछ ः कमलामाई नगपालिका प्रमुख खत्री 

SITENAME

जेष्ठ ३१ । सिन्धुली । 
जिल्ला सदरमुकाम रहेको भेगका तत्कालिन २ वटा गाविसहरु सिद्धेश्वर र भीमानको भूगोल र जनसंख्यालाई एकिकृत गरी वि.सं. २०५३ सालमा कमलामाई नगरपालिका घोषणा भएको थियो । नेपालको प्रसिद्ध कमला नदीको उद्गमस्थलमा रहेको प्रसिद्ध तिर्थस्थल कमलामाई देवीको नामलाई आधार मानी कमलामाई नगरपालिकाको नामाकरण गरिएको हो । 


२०७३ सालमा साविकका गाविसहरु भद्रकाली, डाडीगुराँसे, जलकन्या, रानीचुरी र रानीवासलाई नगरपालिकामा गावि १४ वटा वडामा भिभाजन गरिएको छ । अहिले नगरपालिकाले ४८२.५७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको छ । कमलामाई नगरपालिकाको जनसंख्या ६५ हजार ६४ जना रहेका छन् ।  


कमलामाई नगरपालिकामा ऐतिहासिक सिन्धुलीगढी पर्दछ । भने प्रसिद्ध धार्मिकस्थलहरुमा शिद्धगढी, शिद्धबाबा मन्दिर, कालिमास्थान मन्दिर, माइस्थान मन्दिर लगाएतका मन्दिरहरु पर्दछन् । 


यस नगरपालिकाको र्पूवमा तिनपाटन गाउपालिका, दुधौली नगरपालिका तथा पश्चिममा मरिण गाउपालिका र घ्याङलेख गाउपालिकासँग सिमाना जोडिएको छ । यसैगरी उत्तरी सिमाना गोलन्जोर गाउपालिका, दक्षिणमा र्सलाही, महोत्तरी र धनुषा जिल्लासँग सिमाना जोडिएको छ । 

 

कमलामाई नगपालिका समुद्री सतहबाट ४०० मिटर उचाईमा रहेको छ । बर्षातका हिसावले नेपालको दोश्रो चेरापुञ्जीको रुपमा चित्रित कमलामाई नगरपालिकामा वार्षिक औसत २७८८ मि.मि. वर्षा हुने गर्दछ ।


कमलामाई नगरपालिकामा ब्राम्हण, क्षेत्री, नेवार, सुनुवार, तामाङ, मगर, राई, दमाई, कामी, हायु, माझी, लगाएतका जातजातीहरुको बसोवास रहदै आएको छ । 


स्थानिय तहको निर्वाचन पछि नगरपालिकाको प्रमुखमा तत्कालिन नेकपा एमालेबाट खड्ग बहादुर खत्री र उपप्रमुखमा नेकपा एमालेबाटै मन्जु देवकोटा निर्वाचित भई नेतृत्व गर्दै आउनुभएको छ । 

 

प्रमुख खत्री विस २०४९ सालको स्थानिय निर्वाचनमा हाल कमलामाई नगरपालिका तत्कालिन सिद्धेश्वर गाउ विकास समिति वडा नंं. ७ को वडा अध्यक्ष हुनुभएको थियो । स्थानिय निर्वाचन २०५४ मा सोही वडाबाट वडा सदस्य हुनभयो । 

 

राजनितिक पृष्ठभुमि हेर्ने हो भने २०४९ सालमा इलाका नं. ९ को सचिव हुनुभयो ।  विस २०५३ सालमा नेकपा एमाले जिल्ला कमिटिको सदस्य हुदै राजनिति सुरु भएको थियो । एमालेको कार्यालय सचिव, उपसचिव हुदै, अञ्चल कमिटि सदस्यको जिम्मेवारी पनि निर्भाह गरिसक्नुभएको छ ।  प्रमुख खत्रीसँग रेडियो शिद्धबाबा अनलाईनका लागी सञ्चार कर्मी बुद्ध नेपालीले गरेको कुराकानी । 


निर्वाचित भएपछि अहिले के के काम गर्नुभयो ? 
यो प्रश्नमा म अत्यन्तै खुसी छु । की न की निर्वाचित भई स्थानिय सरकारमा गइसकेपछि दुइ वटा कुरा महत्वपुर्ण हुदो रहेछ । आफु निर्वाचित भएको स्थानिय तहलाई कसरी सफा, सुन्दर राख्ने एउटा महत्वपुर्ण विषय हुदो रहेछ भने । अर्को आफु निर्वाचित भएको स्थानिय तहमा रहेका विपद् व्यवस्थापनलाई कसरी हल गर्ने यी दुई वटा कुरा महत्वपुर्ण हुन भन्ने मैले ठाने । र  त्यही क्षेत्रमा मैले सवभन्दा पहिला काम थाले । 


मैले यो भनिरहदाँ खेरी शिक्षा, स्वास्थ्य, बाटो, विजुली, खानेपानी जस्ता यी जनताका आधारभुत आवश्यकताहरुलाई पुरा नगर्ने हो त ? त्यो हैन । ती चिजहरुलाई पनि हल गर्ने हो तर पहिलो कुरो हामीले ट्वाकै मान्छे सदरमुकाम झर्दा खेरी सफा सुन्दर चै देख्न पाउनुपर्छ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागी यो एक वर्षको दौरानमा यो २०७५ साललाई सरसफाई वर्ष घोषणा गरेर त्यो मुताविक कमलामाई नगरपालिका अगाडी बढेको छ । 


मैले बोलेको थिए, “नगरवासीको चाहाना, उज्यालो नगरपालिका हाम्रो कामना” त्यही नारालाई सार्थक पार्न विद्युत प्राधिकरणले दिएको स्टमेट अनुसार ६ करोड रकम भएपछि कमलामाई नगरपालिकामा बत्ति बल्छ भन्ने सुनेपछि, अहिले २ करोडको टेन्डर भईसक्यो ।  


मैले बोलेको थिए, “नगरवासीको चाहाना, उज्यालो नगरपालिका हाम्रो कामना” त्यही नारालाई सार्थक पार्न निर्वाचित जनप्रतिनिधि भईसकेपछि कमलामाई नगरपालिकामा कति करोड पैसा छुटाइ्यो भने बत्ति बल्छ नगरपालिकामा भनेपछि यो नगरपालिकामा तत्कालिन अवस्थामा विद्युत प्राधिकरणले दिएको स्टमेट अनुसार ६ करोड रकम भएपछि कमलामाई नगरपालिकामा बत्ति बल्छ भन्ने सुनेपछि, अहिले २ करोडको टेन्डर भईसक्यो । ५० लाखको ट्रान्समिटर किनीन्छ । अव यही साल अढै करोडको यही साल काम हुन्छ भने । २०७५ नभए ७६ सम्ममा यो नारा सार्थक बनाउने सोचमा म छु । 


नगरपालिकामा जनताबाट कस्ता गुनासा आइरहेका छन् ? 
हिजो जनप्रतिनिधि थिएनौ । जनप्रतिनिधि विहीन अवस्थामा जनताका जल्दा बल्दा र सामान्य काम पनि झन्झन्टीला, अप्ठ्यारा थिए । हामी आएर झन्झन्टीला, अप्ठ्यारा केही कामहरुलाई फुकाएका छौं । केही सहज बनाएका छौं । अहिले पनि केही कानुनहरुले बाधेका अप्ठ्यारा कामहरु अहिले पनि जनतालाई झन्झन्टीला छन । त्यो झन्झन्टीला कामबाट हामीले मुक्त दिलाउनुपर्छ । 


सवभन्दा अहिले जनतालाई चाहिएको भनेको विकास निर्माण नै हो । जनतालाई पारदर्शीता पनि चाहिएको छ । इमान्दारिता पनि । जनताका न्युनतम बाटा घाटा पुल पुलेसा,  सामान्य विजुली, खानेपानी यी चिजहरुलाई चै पहिलो प्राथमिकता थियौ भने जनताका आवश्यकता पुरिपुर्ती गर्ने कुरामा जनताको चासो छ । 


मलाई जाहा सम्म लाग्छ जनता जर्नादन हुन । विभिन्न मित्रहरुले भन्नु भएको छ देखिने काम भएको छैन भनेर । एक वर्ष त भयो बल्ल काम गर्ने बातावरण बन्दैछ । उहाहरुले देख्नेगरी काम गर्छु । 


विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिकामा भित्र राजमार्गको सिमांकनको विषयमा विवाद छ नी त्यो के भईरहेको छ ? 
वि पि राजमार्गको सवालमा कमलामाई नगरपालिकाले निर्णय पनि गरेको छ । १५ मिटर मुआब्जा पाएका र ६ मिटर सेटब्याग छोडेका मान्छेहरु हुनुहुन्छ । १५+६=२१ मिटर बाटो छोड्न उहाहरु आज पनि तयार हुनुहुन्छ । तर नेपाल सरकारले यसलाई २५।२५ मिटर भनेको छ । 


हाम्रो मान्यता के छ भने कित नेपाल सरकारले उचित क्षतिपुर्ती दिनुपर्छ । यदी उचित क्षतीपुर्ती नदिने हो भने गडौली खोला देखि चियावारी सम्म १५।१५ मिटर मुआब्जा पाएका छन । यस्रैबाट बाटो खोल्दा पनि यहाँका जनतालाई काफि हुन्छ । 


जनताहरुको अपेक्षा छ रोकिएको नक्सापासको काम छिटो भन्दा छिटो होस् । नक्सापास छिटो होस् भन्ने हाम्रो पनि चाहाना हो । तर हामीले मात्र निर्णय गरेर नहुने र सरकारले नै यसको फुकुवा गर्नुपर्ने भएकाले मैले सिन्धुली क्षेत्र नं. २ का साँसद हरिवोल गजुरेल, प्रचण्ड, केपी ओली  र मन्त्री रघुविर महासेठलाई राखेर यो समस्या समाधान हुनुपर्छ । हामी १५+६=२१ मिटर भन्दा दाया वाया जादैनौं भनेको छु । 


निर्माणाधिन धरान चतरामा पनि विवाद छ । नक्सा अनुसार धुराबजार,मिलनचोक हुदै खट्टार निकाल्न त्यस क्षेत्रका जनताले नदिए पछि विकल्पको रुपमा ढुंग्रेवासको २ नं. गेटहुदै लैजाने भन्ने कुरा बाहिर आएको थियो त्यसमा पनि विवाद छ अव कहाबाट जान्छ ? 

यो पनि महत्वपुर्ण विषय वस्तु रहेको छ । धुराबजार मिलनचोक खट्टार हुदै यो बाटो गएको छ । धुराबजारबाट सडक लादा बजार मासिने भएपछि विकल्पको रुपमा ढुंग्रेवासको २ नं. गेट, अर्को कारागार भन्दा मुनिबाट भन्ने खालको विकल्पहरु आएका छन् । यो विकल्प मध्ये के गर्दा उपर्युक्त हुन्छ भन्ने सवालमा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका मान्छे बसेर भेला छलफल पनि गर्यौ । 
छलफल र मैले निर्वाचनका बेलामा बोलेको कुरा भएर पनि आफु अली बढी चासोका साथ लागी रहेको छु । यसलाई कसो गर्न सकिन्छ भन्दा काठमाडौमा गएर सहरी विकाससँग कुरा गरेर हामी के योजनामा पुग्न लागेको छौ भने ढुंगे्रवासको २ नं. गेटबाट खट्टार सम्म सडक जादा त्यस सडकमा पर्ने जग्गाहरु सहरीकरण गर्न सकियो भने त्यहाबाट बाटो पनि जान्छ र जनताले पनि राहात पाउछन भन्नेमा हामी छौ । 


यसो भनिरहदा जनताले के गरी राहत पाउछन भन्ने पनि लागेको होला । मलाई कतिले के भन्नुभयो भने यहाँबाट बाटो गयो भने हामी सुकुम्वासी हुन्छौ । तपाईलाई हामीले सुकुम्वासी बनाउन भोट हालेको हो ? मैले के भन्ने गरेको छु भन्दा म सुकुम्वासीलाई लालपुर्जा बाड्न आएको हो । म कसैलाई सुकुम्वासी बनाउन आएको हैन । 


अर्को त्यो बाटो सहकारीकरण भयो भने पहिलो कुरा जमिन सरकारले लिन्छ । जमिन लिईसकेपछि सरकारले त्यो जमिनलाई सहरीकरण गर्छ, प्लटिङ गर्छ । प्लटिङ गरीसकेपछि त्यहा पिचगर्छ, विजुली, धारा सवैको व्यवस्थापन गरेर जनतालाई दिन्छ । फेरि त्यहा जगाा थोरै छनी भन्ने कुरा आयो ? ५ धुर जमिन बाकी रह्यो भने पनि उसको अगाडी जमिन छ भने देखि उसलाई ५ धुर बमोजिमको अर्को जग्गा किन्छ भनेपनि पैसा दिईन्छ । हैन त्यहा बस्दीन अर्कै ठाउमा जान्छु भने पनि उसलाई अहिलेको होइन, प्लटिङ हुदाको चलनचल्तीको दाम अनुसारको रेट दिइन्छ । व्यक्तिले प्लटिङ गर्दा त हामी जग्गा किन्न तछाड् मछाड गछौं भने सरकारले नै हामी प्लटिङ गर्दीन्छौ भनेर आईरहनुभएको छ । त्यो आउदा खेरी यस एरिएका जनतालाई के नाफा घाटा हुन्छ त्यसमा छलफल गर्नुपर्ने छ । 


दुई पटक भयो छलफल गरेको फेरि पनि छलफल गरेर यसको निराकराण हुनुपर्छ । अव जनताको उठीबास लगाएर हैन जनताको भावनाको कदर गरेर सहरीकरण हुदाँ सिन्धुलीलाई कति फाईदा हुन्छ । र सिन्धुलीको नमुना कस्तो हुन्छ भन्ने सवालमा पनि हामी गम्भिर छौं । 


सहरीकरण हुन्छ भन्ने विश्वाससिलो आधार त्यहाका जनताले खोजेका छन नी के आधार छ सहरीकरण हुन्छ भन्ने ? 
त्यसको रिक्स नेपाल सरकारको क्याविनेटले नलिई त्यो काम हुर्दैन । त्यो रिक्स क्याविनेटले लिन्छ । क्याविनेटले गरेको निर्णयको कार्यान्वयन गर्न अर्को रिक्स कमलामाई नगरपालिकाले लिन्छ। उहाहरुको जग्गा सहरीकरण नगरीकन बाटो लानी वित्तिकै छोडिदिन्छ भन्ने कुरामा यहाँहरु विश्वस्त नहुनुहोस । त्यो जमिनको सहरीकरण गरेर, प्लटिङ गरेर तपाईहरुलाई उपयुक्र्त बनाएर मात्रै हामी छोड्दिन्छौ । 


निर्वाचित भएको पनि एक वर्ष पुग्यो। अहिले सम्म के कति प्रतिबद्धताहरु पुरा भए त ?
अहिले पनि विपि राजमार्ग सिन्धुलीगढी भन्दा मुनी कतै केही भएर विग्री हाल्यो भने हामीलाई काठमाडौ जान समस्या हुन्छ । मधेश नै पुग्नुपर्छ । तर अहिले कमलामाई नगरपालिका वडा नं. ७ बाट सिधै चिस्यान्त भज्यांगबाट तिनकन्या निस्केर खनियाँखर्क झर्ने बाटो निर्माण भएको छ । खयर बर्षामा त्यो बाटो काम नलाग्ला तर त्यो बाटो व्यवस्थीत गर्नका लागी डिपिआर तयार गर्ने भनेर कमलामाई नगरपालिकाले निर्णग गरेको छ। 


कमलामाई नगरपालिकाकै पहलमा वडा नं. ८ माईस्थान देखि सर्लाहीको किसनपुर नगरपालिका निक्लिने बाटो बनायौ. । यता बर्दिवासबाट केही समस्या भयो भने सोझै त्यहाबाट पनि निस्कन सक्छौ । 


निर्वाचनका बेलामा धेरै तर्कहरु आए । मैले त बोलको थिईन बृद्धा भत्ता बढाउने भनेर । तर मैले बृद्धा भक्ता बढाउने कुरा भनीन । मैले बृद्धा बा आमाको बृद्धा भक्ता बैकींङ सिस्टम छ मैले बृद्धा बा आमाको भक्ता हात हातमा पुर्याउछु भनेको थिए । नभन्दै कमलामाई नगरपालिकाको वडा बाटै सवैको भक्ता वितरण भईरहेको छ । बृद्धा बा आमाहरुको आखाँ निःशुल्क उपचार गरिरहेको छ । 


शिक्षाको क्षेत्रलाई व्यवस्थित गर्नका लागी निकै चुनौती छ । शिक्षा ऐन बन्दैछ । यही महिनामा यो ऐन पास हुन्छ । पहिलो चरणमा कक्षा ८ को परिक्षा हामीले लियौं । यसबाट के फिल्डब्याक बनेको छ भन्दा हामीले कस्ता शिक्षकहरुलाई व्यवस्थापन गर्नूपर्ने रैछ । शिक्षकहरुलाई कस्तो बनाउनुपर्ने रैछ भन्ने फिल्डब्याग भएको छ । 


कमलामाई नगरपालिकामा निर्वाचित भएर आउने वित्तीकै कमलामाई नगरपालिका भित्रका १४ वटा विद्यालयहरुलाई छनोट गरेर त्यहाका शिक्षकहरुलाई काठमाडौमा लगेर तालिम पनि दिएको छ । 


अव शिक्षा प्रणालिलाई कसरी व्यवस्थापन गर्ने, के गर्दा शिक्षा क्षेत्र सुध्रिन्छ भनेर शिक्षकहरुलाई राखेर, व्यवस्थापन समितिका अध्यक्ष, अभिभावकसंग छलफल गर्ने योजनामा छौ .। यसरी कामभइरहेको छ । एक वर्ष भयो प्रतिबद्धता पुरा हुन्छ । 

भर्खर एक वर्ष पुरा भएको छ । मैले प्रतिबद्धताहरु लिपिबद्ध गरेर जनताका सामु लैजान नसकेको होला । घोषणा पत्र हेरेर कति काम पुरा भए कति काम सुरु भए  र कति काम पुरा गर्न सकिने रैछ भनेर हेर्छु । तर मलाई पुरा नहुने भन्ने चै लाग्दैन । 


निर्वाचनमा गरेका सवै प्रतिबद्धता पुरा भएका छैनन् त्यो  पुरा गर्न केही समस्याहरु छन्? 
सुरुकै दिन छ । भर्खर एक वर्ष पुरा भएको छ । मैले प्रतिबद्धताहरु लिपिबद्ध गरेर जनताका सामु लैजान नसकेको होला । घोषणा पत्र हेरेर कति काम पुरा भए कति काम सुरु भए  र कति काम पुरा गर्न सकिने रैछ भनेर हेर्छु । तर मलाई पुरा नहुने भन्ने चै लाग्दैन । 


ऐतिहासिक सिन्धुलीगढी संरक्षण र व्यवस्थापन गर्ने कुरा तपाईको घोषणापत्रको मुख्य योजनामा थियो अहिले के काम भईरहेको छ ? 
दुई करोड बजेट कमलामाई नगरपालिकाले छुट्यायो । घेराबेराका लागी पोल, तारको टेन्डर भइसक्यो । तारजाली भएपछि सिन्धुलीगढी प्रवेशमा टिकट सिस्टम हुन्छ । अहिले गढीमा गएर तपाईहरुले हेर्नुभयो भने पिकनिक खान र गुम्न आउने मान्छेको उपस्थिती हेर्नेहो भने निर्वाचित जनप्रतिनिधि हुनु र नहुनुमा कति फरक छ । थाहा हुन्छ ।  


नगरपालिकामा के के समस्याहरु छन ? 
प्राविधिक छैन्न्, एउटा अमिनी छैन, एउटा इन्जिनियरको अभाव, नगर प्रहरीको अभाव यी अभाववै अभावका विचमा हामी थियौं । तर अहिले दिनप्रतिदिन विस्तारै विस्तारै फुलफिल हुदैछन । यी कर्मचारीको व्यवस्थापन हुदै गएपछि जनताले विस्तारै विस्तारै राहत पाउने छन भन्ने मैले महसुह गरेको छु । कमलामाई नगरपालिकामा सवभन्दाबढी समस्याको विषय फोहोर मैला व्यवस्थापन नै हो । मैले बोलेको थिए । एक दिन यो ग्यांङ खोलाको  पानीलाई नुहाउन, लुगाघुन नभए खान प्रयोग गर्न सकिन्छ भन्ने मेरा आट थियो । ठाउ ठाउमा कुरा गरिरहेको छु । यो ढललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ । 


हामीले अहिले झुन्ड्याउने प्लाष्टिकलाई प्रतिबन्ध गरेको छौ तर पनि अहिले मान्छेहरु प्यास्टिक बोकी रहुनभएको छ । कमलामाई नगरपालिकाले गरेका हरेक निर्णयहरुलाई कार्यान्वयन गर्दिनका लागी म नगरवासीलाई अनुरोध गर्छु । कमलामाई नगरपालिकालाई सुन्दर, सफा र हराभरा बनाउनका लागी व्यक्तिको होइन, नगर कार्यपालिकाको सदस्यले गरेको निर्णयलाई कार्यान्वयन गर्न आग्रह गर्छु । सवै कार्यापालका सदस्य, वडा अध्यक्ष सवै नगरपालिकालाई राम्रो बनाउनका लागी एक ढिक्का भएर लागू भन्नु हुन्छ  । कमलामाई नगरपालिकाको प्रमुख सफल भयो भने हामी सवै सफल हुन्छो भनेर लाग्नु भएको छ । 


समस्या समाधान गर्नका लागी के योजना बनाउनुभएको छ ? 
दुई,तिन वटा कुरा छन् । नंं. १ फोहोरको व्यवस्थापन गर्नुपर्ने छ ।  दोस्रो मलाई टाउको दुखेको भनेको बाटो छ । तर मलाई मेरो कार्यकाल भित्र जनताको घरको विजुली बत्ति बल्दैनकी भन्ने चिन्ता छैन । मेरो कार्यकालमा कतिवटा बाटो पिच भए, कतिवटा पुल बने, त्यो कुरा महत्वपुण छ । जनताले न्यायको प्रत्याभुति गर्न पाएकी पाएन, कमलामाई नगरपालिकामा पारर्दर्शीता भयो की भएन । नगरपालिकाको विकासका लागी मेरो मात्र हैन, सम्पुर्ण जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण हुन्छ । सम्पुर्ण योजना निर्माण र कार्यान्वय गर्न सम्पुर्ण जनप्रतिनिधिहरु लाग्नु पर्छ । र योजना बनाउछौ । 


नगरपालिकामा नितिगत तथा व्यवहारिक के के समस्या छन् ? 
हिजो बाटो सार्वजनिक नभए सम्म जनताले घर बनाउन सकेका थिएन । नितिगत रुपै हिजो ७ वटा भन्दा कन्सल्टेन्सी थिए ती बाहेकले घरको नक्सा नै बनाउन नपाउने, निर्वाचित भएर हामी गयौ ।  सार्वजिक नभएको बाटोमा पनि घर बनाउन दियौ नगरपालिकाको मापदण्ड अनुसार, ७ ले मात्र नक्सा बनाउनुपर्नेमा अहिले जल्ले पनि नक्सा बनाउन पाउने भयो । हिजो नितिगत नगरपालिकामा नगई नक्सा बन्दैन थिायो । अहिले भुकम्पको नक्सा वडा बाटै हुने बनायौ.। अझै पनि केही नितिगत समस्याहरु छन । हामी निर्वाचित भएर गएपछि त्यसलाई हामी पार गर्दैर्छाै । 


व्यवहारिक समस्या चै के हो भन्नु होला भने देखि हामी निर्वाचित जनप्रतिनिधिहरुलाई काम छिटो चाहिएको छ हेर्नुस । किन की हामी जनताको प्रत्यक्ष भोटबाट निर्विाचित भएर आएका छौ । हामी जनताको पक्षमा ओकालत गर्छौ । तर हिजो देखि यो काम गर्दै आउनुभएको कर्मचारी मित्रहरु हुनुहुन्छ । उहाहरु निति नियम लगाएर विस्तारै विस्तारै हुन्छ भन्छन् । हाम्रो नजरमा तुरुन्त हुनुपर्यौ । जनताले राहत पाउनुभयो । जनताले धाउनु नपरोस भनेर हामीलाई जिताएका छन । भन्नी भएर जनप्रतिनिधि र कर्मचारी विच समस्या भएको छ । कर्मचारी मित्र पनि अहिले फास्ट ट्याकबाट जानुपर्छ भन्ने सोचमा हुनुहुन्छ। हामी पनि त्यहीबाटो लागेका छौ । अव केही सहजीकरणको बाटोमा लागेको छ । 


यो समस्या समाधानका लागी संघ प्रदेश र स्थानिय सरकारले के गर्नुपर्छ ? 
विकास निर्माणकोक्रममा केन्दीय तथा प्रदेश सरकारसँग मेरो माग सिन्धुलीगढीलाई व्यवस्थापन गर्नु छ । कमला खोला अन्तर्गत वडा न.९ र १० मा पक्की पुल बनाउनुपर्ने छ । माझीटारको विद्युत चोक देखि जिर्गा खोलासम्म बाटो पिच गर्नुपर्ने, चियावारी देखि खुर्कोट सम्म सुरुग माग निर्माण गर्नुपर्ने छ । यी चारवटा योजना राष्ट्रिय योजनाका रुपमा केन्द्र र प्रदेशका साँसदसँग कुरा गर्नुपर्ने छ । 


केही केही कुराहरु अप्ठ्यारो छ । प्रदेशमा पनि त्यो अधिकार छ । स्थानियमा पनि छ । जस्तो लालपुर्जा वितरण गर्ने अधिकार स्थानिय सरकारलाई भनेको छ । यता सुकुम्वासीको व्यवस्थापन गर्ने प्रदेशलाई भनेको छ । जनताका आधारभुत आवश्यकताहरु पुरिपुर्ती गर्ने कुरामा प्रदेशसरकारले अनुमति दियो भने स्थानिय सरकारलाई सुकुम्वासीको पहिचान गर्ने अधिकारी दियो भने वास्तवमा हामीले सुकुम्वासीको समस्या हल गर्न सक्छौ । केही केही नमिलेका र दुई तिर अधिकार दिएर नमिलेका कुराहरु प्रदेश र केन्द्र्रले कानुनमा क्लिएर गर्दिन जरुरी छ । हामीले आफ्नो अधिकार र हकको सही रुपमा प्रयोग गर्न पाहियो भने एक वर्ष त गयो चार वर्ष त बाकी छ त्यस अवधिमा केही केही काम राम्रोसँग गर्न सकिन्छ । 


पाच बर्षे योजनाहरु कसरी बनाईरहनुभएकोे छ ? योजनाहरु कसरी पुरा गनूहुन्छ ?
कमलामाई नगरपालिकाले ४ बर्षे गुरुयोजना बनाउन लागेको छ । त्यो गुरुयोजना बनाई सकेपछि कमलामाई नगरपालिका त्यो योजना अनुसार अगाडी बड्छ । सिन्धुलीगढीको गुरुयोजना बनाउन गैर आवासीय संघसँग सम्झौता भएको छ । वास्तविक विषयबस्तु छनोट गरेर कमलामाइ नगरपालिका अगाडी बढेको छ । 


एउटा कृषिको क्षेत्रमा लाग्यो कमलामाई नगरपालिका, नगरपालिकामा अहिले महिनामा कति तरकारी बाहिरबाट भित्रिन्छ, नगरबासीलाई कति तरकारी आवश्यक छ, नगरपालिकामा कति फल्छ, र नगरपालिकाले कति बाहिर पठाउछ । धान,मकै अन्य तरकारी ,फलफुल यो सहितेका विस्तृत डाटा नगरपालिकाले संकलन गर्दैछ । सोही अनुसार कृषिमा आत्मनिर्भर हुन के गर्दा हुन्छ त्यो योजना निर्माण हुने छ । नगरपालिकाबाट विदेश कति गएका छन्। कति बेरोजगार छन, कुन तहका कति मान्छे व्यरोजगारी छन, डाक्टर इन्जिनीयर कति छन, इन्टर व्याजलर योग्यता क्षमताका कति छन, सिपमुलक कति छन कलकारखाना कति छन यो डाटा संकलन गर्न सुरु गरेका छौ । यो आधारमा आगामी वर्षको बजेट विनियोजन गर्ने लक्ष्यमा छु । केही काम गर्छुभनने भावना बोकेको मान्छे हो यो भनेर जसरी यहाहरुले मत हाल्नुभएको त्यो भावनाको उचित सम्मान र कदर गर्दै मैले विकासको गति अगाढी बढाउनेमा मसिनो ढग्गबाट मैले योजना बनाउदै छु । 


पहिला आफ्नो ओछ्यान सफा राख्नुस, घर सफा रान्नुस अनि बाहिरको आगँन सफा राख्नुस त्यो फोहोर लाई निश्चित ठाउमा राख्नुस विदेशीले आएर यहा केही गर्दिदैनन्। हामी आफैले केही गरौं ताकी कमलामाई नगरपालिकामै पर्यटक भित्र्याउेन किसिमले लाग्यौ । सवैमा हार्दिक आह्वान गर्दछु । 
 

प्रतिकृया दिनुहोस
SITENAME

‘कोही सुध्रन सक्दैनन् भने साफ पार्छु’

शनिवार, ८ बैशाख – सत्ताधारी दल एमाले र माओवादी केन्द्रको रस्साकस्सीबीच नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षकमा नियुक्त सर्वेन्द्र खनाल संगठनका