पाकिस्तानको आम निर्वाचन जुलाई २५ मा

शरिफको पार्टीलाई पूर्व्क्रिकेटरको चुनौती

१३ जेठ, काठमाडौं । पाकिस्तानमा आगामी २५ जुलाईमा आम निर्वाचन हुने भएको छ । राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका छन् ।

 

राष्ट्रपतिका प्रवक्ताका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने छ ।


पाकिस्तानमा वर्तमान सरकारको कार्यकाल सकिँदैछ । हाल पाकिस्तानको प्रधानमन्त्री शाहिद खकान अब्बासी छन् ।

 

गत वर्ष जुलाईमा तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै पदमुक्त गरेको थियो । त्यसपछि शरिफकै पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले खकानलाई प्रधानमन्त्री बनाएको थियो ।

 

सन् २०१३ मा भएको आम निर्वाचनबाट शरिफले अत्यधिक बहुमत हासिल गरेका थिए । आगामी चुनावमा पाकिस्तान मुस्लिम लिगलाई तहरिक ए इन्साफ पार्टीले टक्कर दिने अनुमान छ । तहरिक एक इन्साफ पूर्व्क्रिकेटर इमरान खानको पार्टी हो ।

 

नवाज शरिफलाई भने अदालतले चुनाव लड्नसमेत प्रतिवन्ध लगाइदिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन बाट पुनः कृष्ण बर्मा सहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन

सिन्धुली, फागुन १२, २०८० शनिबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सिन्धुली सेवा समाजका अध्यक्ष कृष्ण बर्माको

RadioSiddhababa

सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने

सिन्धुली, फागुन ७, २०८० सोमबार । सिन्धुली सेवा समाज कतारको ११ औं अधिवेसन फेब्रुअरी २३ तारिखमा हुने भएको छ । कतारमा रहेका सिन्धुलीबासी हरुलाई

RadioSiddhababa

सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन

  सिन्धुली समाज अमेरीकाको कार्यवाहक अध्यक्षमा सिपि पौडेल चयन हुनुभएको छ । अमेरीकाकामा बसोबास गर्दै आएका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले